App logo

creation गाँम्ले

@gamlla

134

friends

🇳🇵 🖤म त गाँम्ले ठिटो 🤪🤪🤪 तरकारी माँ गिठो 👌👌👌 खाऊलि आटो पिठो 👍👍 🙏🏻🙏🏻🙏🏻🙏🏻 भबिस्य किन्न राजधानीको बाटो हुँदै हानिएको गाँम्ले म…… हातमा पासपोर्ट च्यापेका हातहरु झोलामा भबिस्य भर्न हिडेका काँधहरु पैसाको बिटो कल्पना गरेका अाँखा अनि आँखाले कल्पना गरेका आशुहरु आमाले लगाइदिएको टीका र भाग्य लेख्न बिर्सिएर टीका समाएको निधार रमिते भएर बसेको समय …… आगमन कक्षबाट आउदै गरेको कफन देख्दा मन चिसो छ अनि चिसै छ बा ले तमसुकमा ल्याप्चे लगाउँदा पोतिएका रङ्गहरु …. छरपस्ट छन् विमानस्थलभरि सपना भबिस्य ऋण ब्याँज बेरोजगारी कसैले मलाइ सुनाएका छैनन तापनि भिजेका अाँखाले कहिल्यै असत्य बोल्दैनन देशको माया अथाह बोकेर नेपालको राजनीतिलाई " माझी अौलाको सलाम देखाउँदै " पसिना बेच्न तमसुकको रङ्ग मेटाउन भबिस्य सजाउन घरका भित्ता फेर्न झानो टाल्न मानो भर्न आगो बाल्न म आफुले आफैलाइ बेचेर उडेको गाँम्ले😭😭😭😭